१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

रवि ओडकी आमाको मृत्यूपछि नेपाल आईडल फाइनलिष्ट सुमित पाठकले लेखे हृदय विदारक स्ट्याटस !

११ पुस, काठमाडाैं । नेपाल आईडल सिजन २ का विजेता रवि ओडकी आमाको मृत्यूकोपछी नेपाल आईडल फाइनलिष्ट सुमित पाठकले हृदय विदारक स्ट्याटस लेखेका छन् । नेपाल अार्इडल रविकाे जिवनमा खुसी र दुःख एकै पटक अाएकाे छ ।

याे दुखकाे समयमा रवि ओड प्रति नेपाल आइडलका फाइनलिष्ट  पाठकले दुख व्यक्त गर्दै स्टाटस् यस्ताे भनेका छन्– “आमा,हार्दिक श्रद्धाञ्जलिहजुरको बैकुण्ठ बास होस् हजुरको सपना हामि मिलेर पुरा गर्ने छौँ,रवि, बुबा,भाईबहिनीहरु,परिवार,आफन्तजन सम्पूर्णमा धैर्यधारण गर्न शत्ति प्राप्त होस् ।”

बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । रविकाे जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

प्रकाशित मिति : December 26, 2018 at 3:49 pm