१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

हात्तिको राजधानी साैराहामा आजबाट हात्ती महोत्सव, राष्ट्रपति भण्डारीले उद्घाटन् गर्ने

११ पुस, चितवन । हात्तिको राजधानी साैराहामा आजबाट हात्ती महोत्सव सुरू भएको छ । महोत्वसको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजबाट सुरू भएको हात्ती महोत्वस १५ औं संस्करण हो । आजबाट पुस १५ गतेसम्म ५ दिनसम्म बाघमारा चौरमा हुने हात्ती महोत्सवको उद्घाटन पुग्ने भण्डारीको स्वागतका लागि सौराहालाई ‘दुलही’ जस्तैं सिगारिएको छ ।

पू्र्व निर्धारित कार्यक्रम रहेमा राष्ट्रपति भण्डारी साैराहाको ल्याडमार्क फरेष्ट पार्कमा बस्नेछिन । राष्ट्रपति भण्डारीको लञ्च समेत ल्याडमार्क फरेष्ट पार्कमा नै अर्डर भएको छ ।  क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार महोत्सवमा विदेशीसँगै स्वदेशी पर्यटकको समेत उल्लेख्य अागमनको अपेक्षा गरिएको छ।

हरेक वर्ष अंग्रेजी नयाँ वर्षलार्इ स्वागत गर्नेगरी अायोजना हुने महोत्सवमा नारायणगढ–मुग्लिनको सडकमा अाएको सुधारका कारण स्वदेशी पर्यटकको अागमन बढ्ने अपेक्षा गरिएको छ । गएको तीन वर्ष सडकको समस्याका कारण साैराहामा पर्यटकको संख्यामा ह्रास अाएको थियो ।

बाटोमा देखिएको सुधार भिडियोमा हेर्न सक्नुहुन्छ ।

हात्ती महोत्सवमा सौराहामा अपेक्षा गरेअनुसार पर्यटकहरु नआएपनि आउने क्रम भने हरेक बर्ष बढ्दै गएको अध्यक्ष घिमिरेले बताए । उनले एक सयभन्दा बढी हात्ती बथान भएर एकैपटक पिकनिक खाइरहेको आलौकिक दृश्य हात्ती महोत्सवमा मात्रै देख्न पाइने भएकाले धेरै स्वदेशी पर्यटकको पनि रोजाइमा महोत्सव पर्ने गरेको बताउँछन ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार ११:५४