९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो

२९ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । उक्त बैठक मंसिर २ गते आइतबार बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा गरीएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १२:०३