७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

 २६ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। उक्त बैठक सोमबार बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो ।

उपाध्यक्ष एबम् प्रवक्ता अग्नि सामकोटाका अनुसार बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ । साथै सरकारको कार्यशैलीबारे पनि माओवादी केन्द्रले देशभरका स्थानीय तहबाट खबरदारी गर्ने तयारी गरेको छ।

यधपी बैठकमा मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबारे पनि छलफल हुने प्रवक्ता सामकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १०:०४