२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ: सभापति देउवा

२५ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताउनुभएको छ ।

आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै सभापति देउवाले रवि लामिछाने पक्राउको विषयमा कुनै पनि हो-हल्ला गर्नुपर्ने अनावश्यक नभएको बताउनुभयो ।

सञ्चारकर्मीहरूले रवि लामिछानेलाई पक्राउ गरेर सकार पूर्वाग्रही बनेको हो भन्ने प्रश्नमा उहाँले जवाफ दिँदै भन्नुभयो- ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’

उहाँले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा आफूहरूले कुनै हल्ला नगरेको बताउनुभयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १३:३८