५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२५ कार्तिक, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार ११:०७