६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२५ कार्तिक, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 10, 2024 at 11:07 am