सहकारी प्रकरण होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ: महामन्त्री थापा
२५ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउनुभएको छ ।
महामन्त्री गगनकुमार थापाले आफू सरकार वा प्रतिपक्षमा हुँदा पनि विधिको विषयमा अटल रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ । ‘सहकारी प्रकरण होस् कि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस वा टाढाको, नयाँ होस् की पुरानो, भिडको होस् की टाकुराको, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ।’
उहाँले कोहीप्रति पनि पक्षपात नगरी कानुनले स्वतन्त्र भएर काम गर्न पाउनु नै कानुनी शासनको मान्यता रहेको समेत बताउनुभयो ।
प्रकाशित मिति : 10:58









