८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एमालेले कारबाहीको डण्डा तत्काल नचलाउने, भविष्यका लागि फाइल खडा

२५ कात्तिक, काठमाडौँ । नेकपा एमालेले पार्टी नेताहरू माथि कारबाहीको डण्डा तत्काल नचलाउने भएको छ । प्रधानमन्त्रीको चीन भ्रणम सफल बनाउने र उपनिर्वाचनमा नतिजा हात पार्ने अभियानमा केन्द्रीत हुने निर्णयमा पुगेको एमालेले पार्टीका नेतामाथि तत्काल कारबाही नचलाउने भएको छ ।

पछिल्लो पटक मनीमबहादुर गुरूङको दानमा प्रश्न गर्ने स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना तथा निरन्तर पार्टी निर्णयको विपक्षमा उभिएको भन्दै पूर्व उपाध्यक्ष डा भीमबहादुर रावलमाथि कारबाही गर्ने भन्दै एमालेले फाइल स्थापना गरेको थियो ।

यसअघि सचिवालयको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेर पत्र पठाए पनि रावलले जवाफ नै दिएनन् । पाण्डे र तिमल्सिनाले मात्रै जवाफ दिए ।  पाण्डे र तिमल्सिना माथि जे विषयमा प्रश्न गरिएको थियो त्यो विषय सर्वोच्च अदालत एमालेलाइ नै प्रश्न गरेपछि यो विषयमा एमाले नै अलमलमा परेको छ ।

पार्टीको निर्णयको विरूद्धमा बोलेको भन्दै उनीहरूमाथि कारबाहीको डण्डा चलाउन खोजिएको थियो । तर एमालेले तत्कालका लागि यो विषय माथि कारबाही अघि नबढाउने भएको छ । पार्टीले अन्तै ध्यान केन्द्रीत गर्नुपर्ने समयमा आफ्नै नेता माथि कारबाही गरेर परिस्थिति झन भड्काउने तिर लाग्नुभन्दा अहिले चुपचाप रहनु नै ठीक हुने भएकाले तत्काल कारबाही नगरिएको एक सचिवालय सदस्यले दैनिकीसँग बताए । उनले यद्यपी कारबाहीका लागि फाइल स्थापना गरिएकाले तीनै जनाको अराजकता बढ्दा कुनै पनि समय गम्भीर कारबाही हुने बताए ।

प्रकाशित मिति : November 10, 2024 at 8:20 am