राष्ट्रपति भण्डारीले गरेको आठौँ ट्वीट, जुन राष्ट्रपति कार्यालयको विज्ञप्ति बन्यो (विज्ञप्तिसहित)
१० पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएकी छिन । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन ।

यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो । राष्ट्रपति भण्डारीले ट्वीट गरेको विषयमा राष्ट्रपति कार्यालयले भने छुट्टै विज्ञप्ति समेत सार्वजनिक गरेको छ । ट्वीटको विषयमा राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरेका हुन ।

प्रकाशित मिति : 22:59









