७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

२३ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठक कार्तिक २५ गते अर्थात् आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्नेछ । यधपी बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ११:३०