४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठक शनिबार बिहान ११:३० बजे पार्टी कार्यालय चःमतिमा बस्ने गरी बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो

बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी पनि बैठकको एजेण्डामा राखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 8, 2024 at 9:59 am