करोडाैँ भ्रष्टाचारको मुद्दा खेपिरहेका चुडामणि शर्मा नम्बर १ सहसचिव (२२५ जनाको सूचीसहित)
१० पुस, काठमाडाैँ । करोडाैँ भ्रष्टाचारको मुद्दा खेपिरहेका चुडामणि शर्मा नम्बर १ सहसचिव बनेका छन । हाल रहेका प्रशासनतर्फबा २२५ सहसचिव मध्ये शर्मा जेष्ठताको अाधारमा १ नम्बरमा रहेका सहसचिव हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेयष्ठताको आधारमा सहसचिवको सूची सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको २२५ जनाको सूचीको पहिलो नम्बरमा कर छुटमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको छानविनमा रहेका कर फछ्र्यौट आयोगका पूर्व सदस्य शर्मा रहेका छन । शर्मा अहिले विशेष अदालतलार्इ एक करोड धराैटी बुझाएर मुद्दा लडिरहेका छन ।

सूचीको दोस्रो नम्बरमा रामप्रसाद थपलिया रहेका छन भने २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन्। सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ। सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : December 25, 2018 at 8:29 pm









