१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सिभिल बैंक लिमिटेडको सन नेपाल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झाैता

१० पुस, काठमाडाैँ । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्य सन नेपाल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

मंगलबार भएको उक्त सम्झौतापत्रमा सिभिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपाल लाइफइन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे ।

उक्त सम्झौतासँगै अब सन नेपाल लाइफइन्स्योरेन्सका जीवन वीमा सेवालाई सिभिल बैंकका ग्रहाकहरुले देशभरका ७१ ओटै शाखाहरुबाट लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार २०:०३