१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

माओवादीले घोषणा गर्‍यो कीर्तिपुर मेयरको उम्मेदवार

२० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयर पदमा हुन लागेको निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ।

कीर्तिपुर नगर समितिको सोमबारको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार तोकेको हो।

माओवादी केन्द्रका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्जार्ज अग्नि सापकोटाको नेतृत्वमा हुन लागेको उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउने समेत निर्णय गरेको छ । यसअघि नेकपा एमालेले पनि डा सुरेन्द्र मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् भने नेपाली कांग्रेसले उम्मेदवार घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : November 5, 2024 at 12:07 pm