७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

प्यूठानमा माओवादी परित्याग गरी सिंगो गाउनै एमालेमा, सूर्य थापाले गरे स्वागत (तस्बिरहरू)

१६ कात्तिक, काठमाडौँ । प्यूठानमा एउटा सिंगो गाउँनै नेकपा एमालेमा समाहित भएको छ । प्यूठानको सरूमारानी-६ पाङकोटमा एउटा सिंगो गाउँका माओवादी कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । बिहीबार नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले माओवादी परित्याग गरेका २४ घरका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभयो ।

एमाले नेतृ कल्पना गिरीका अुनसार नेकपा(माओवादी केन्द्र) का नेता रमेशबहादुर बाठाको नेतृत्वमा २४ घरपरिवार नै  बिहीबार एमाले प्रवेश गर्नुभएको छ । पाङ्कोटका ३० घर रहेकोमा २४ घरको परिवार नै एमालेमा प्रवेश गर्नुभएको हो । प्यूठान थापाको निर्वाचन क्षेत्र पनि हो । उहाँ गत निर्वाचनमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चासहितको महागठबन्धनको उम्मेदवार दुर्गा पौडेललाई भारी मतान्तरमा पारजित गर्दै प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।

थापाले चुनाव जिते पछि पनि प्यूठानको सबै गाउँको भ्रमण गरेर मतदातालाई धन्यवाद दिनुभएको थियो । खरो स्वभावका थापाले प्यूठानमा जनमोर्चाको किल्ला भत्काएपछि एमालेको बलियो संगठनको जग बसालिरहनुभएको छ । तस्बिरहरूः कल्पना गिरी

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार १८:२४