नेपाल जेसीजको अध्यक्षमा महेश पौडेल विजयी
१० पुस, जनकपुर । नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै इटहरी जेसीजका पौडेल विजयी भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पाैडेल, रमेश चन्द्र भुसाल, र अमेश ढकाल विजयी भएका छन्।

राष्ट्रिय उपाध्यक्ष पदमा मोहनलाल डाँगी, रूक्मणी सिग्देल, लालमणि भण्डारी, भोजराज चापागाई, इनु थापा, सुमन कृष्ण श्रेष्ठ, हरिकुमार शर्मा, कमल भण्डारी, गोकुल सापकोटा, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा विजयी भएका छन् ।
शनिबारदेखि जनकपुरमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाले उमेदवारी दिएका थिए ।
प्रकाशित मिति : 12:22







