बाक्लो हुस्सुका कारण उडान अबरूद्ध
१० पुस, बाँके । बाक्लो हुस्सुका कारण उडान अबरूद्ध भएको छ । बाक्लो हुस्सुका कारण अाज नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध भएका हुन । हुस्सुका कारण नेपालगन्ज–काठमाडौं अडान अवरुद्ध भएको नेपालगञ्ज विमानस्थल कार्यालय दैनिकीलार्इ जानकारी दिएको छ।

कार्यालयका अनुसार बिहान कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच उडान भएका थिए । नेपालगञ्जमा बाक्लो कुहिरो लागेपछि जहाज पहाडी जिल्लामै रोकिएका छन् । उडान नभएपछि यात्रु बिमानस्थलमा अलपत्र परेका छन । हुस्सुका कारण जनजीवन समेत प्रभावित बनेको छ ।
प्रकाशित मिति : 09:08









