३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

१३ कार्तिक, काठमाडौँ । पुर्व गृहमन्त्रि अर्थात् रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा सुरु गरेको प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् ।

विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो।

काठमाडौं जिल्लाका सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, सुरेन्द्र अवाले, नवराज भण्डारी, खुसीराम कैनी, जयराम नेपाल, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।

‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यस्तो दमन र गिरफ्तारी गरेको भन्दै सभापति लामिछानेलाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको महामन्त्री बुर्लाकोटीको भनाइ छ ।

प्रकाशित मिति : 12:33