१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति भेदभाव राखेको छैन र राख्दैन पनि: उपप्रधानमन्त्री सिंह

१२ कार्तिक, काठमाडौँ ।  उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार विधिको शासन कायम गर्न लागिपरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार आयोजना गरेको दीपावली विशेष समारोहमा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

 उहाँले भन्नुभयो- ‘कांग्रेस एमाले मिलेर बनेको यो संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण नै छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको समेत बताउनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार ११:३९