२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

विद्युत् आदान प्रदान समितिको बैठक अाज

१० पुस, काठमाडाैँ ।  नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठक अाजदेखि भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । बैठकका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार बिहान दिल्ली जाँदैछ ।

बुधबारसम्म चल्ने बैठकमा इनर्जी बैंकिङ, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल हुनेछ । बैठकमा विद्युत् आदान प्रदानलगायत विषयमा छलफल हुने र बाँकी रहेका विषय ऊर्जा सचिवस्तरीय संयन्त्रमा छलफल हुनेछ । माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि वर्षाको विद्युत् भारतमा पठाएर इनर्जी बैंकिङ गराउने सोचमा सरकार रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् आदानप्रदान समितिको बैठक मङ्गलबारदेखि हुन लागेको र त्यसमा नेपालको चासो विषयमा छलफल हुने जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठक नियमित कार्यसूचीका आधारमा नै तय भएको बताउनुभयो ।

प्रकाशित मिति : 06:30