रास्वपामा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी
११ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ। उक्त जिम्मेवारी शनिबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई बेग्लाबेग्लै कामको जिम्मेवारी तोकिदिएको हो।
रास्वपाका सभापति रवि लामिछाने सहकारी बचत अपचलन प्रकरणका कारण प्रहरी हिरासतमा छन्।
यधपी, सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा भने अहिलेसम्म कसैलाई पनि तोकेका छैनन्। तर सभापति लामिछानेको पक्राउपछि रास्वपाका नियमित गतिविधि भने ठप्पजस्तै थिए।
त्यसैले शनिबारको बैठकले उपसभापतिद्वय अर्याल र वाग्लेलालाई कामको जिम्मेवारी दिनेदेखि केही निर्णयहरू गरेको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। साथै आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ।
त्यस्तै, अर्का उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ।
प्रकाशित मिति : October 27, 2024 at 11:46 am










