९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

कांग्रेस सरकारको कामप्रति सन्तुष्ट छ: सभापति देउवा

९ कार्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको पनि उहाँले बताउनुभयो ।

सभापति देउवाले  हनिमुन पिरियडमा सरकारले राम्रो काम गरेको अर्थात् सबै किसिमबाट वर्तमान सरकारले गति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘मलाई त राम्रो लाग्छ, धेरै कुराले गति लिएको छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरिरहेको पनि छ, के भएको छ त रु बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी पनि त गरेको छ । मान्छे पठाउनुभएको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो ।’

उहाँले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले काम गरेन भनेर भ्रम मात्र फैल्याइएको बताउनुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १३:०२