८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

रवि लामिछानेविरूद्ध अर्को पनि पक्राउ पुर्जी, यस्तो छ अदालतको आदेश

८ कात्तिक, रूपन्देही । सहकारी ठगीको मास्टरमाइन्ड मानिएका रवि लामिछानेको विरूद्धमा अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेसहित १२ जनाको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलाशले रावि लामिछानेसहित १२ जनाको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश श्रेष्ठले संगठित रूपमा सहकारी ठगी सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ गर्न अननुमति दिनुभएको छ । इलाका प्रहरी कार्यालय वुटवलले पक्रोउ अनुमति माग्दै अदालतमा निवेदन दिएको थियो ।

dainiki.com

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर ठगी गरेको कागजत समेत भेटिएकाले पक्राउको अनुमति दिइएको अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा हिनताबोधसहित बसिरहेका रविका विरूद्धमा रूपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएपछि उनले अनुसन्धानकै क्रममा करिब दुई महिना हिरासतमा बिताउने सम्भावना देखिएको छ ।

सोही मुद्दामा रविको भन्दा कमजोर प्रमाण भएकाहरू सबैजसो पूर्वपक्षका लागि थुनामा गएका कारण रविको पनि पूर्वपक्षमा कारागार चलान हुने सम्भावना देखिन्छ । झन रविले त अनुसन्धान पक्रिया नै अरूद्ध बनाउनका लागि भीड जम्मा गरेर अबरोधको प्रयास गरिरहेकाले अनुसन्धानको बाँकी काम कारागारमा नपठाइ हुन कठिन देखिन्छ । किनकी रवि छुटे भने उनले प्रमाणहरू नष्ट गर्न थप भूमिका खेल्ने सम्भावना रहेको छ । यसअघि गृह मन्त्री हुँदा उनले प्रमाण नष्ट गर्ने पीडितहरूलाई किटानी जाहेरी नदिन दबाबा दिएका थिए भने प्रहरी प्रशासनलाई दबाबमा राख्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १९:०६