८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

८ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा स्वावलम्बन लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेसनको मूल्य समायोजन भएको हाे ।

नेप्सेमा स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँ आधारमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।

यस्तै, एलआइसीको ८८.४५ प्रतिशर हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९८८ रुपैयाँलाई आधारमा समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १ हजार १०१.८५ रुपैयाँ

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १७:१५