२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सरकार र अनशनरत जनयुद्धका घाइतेबीच चारबुँदे सहमति, यस्ताे छ सहमति

९ पुस, काठमाडौँ । विभिन्न माग राखी अनशनमा बसेका जनयुद्धका घाइते तथा अपांग र सरकारबीच चारबुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयमा मन्त्रालयका प्रतिनिधि र अनशनरत पक्षका प्रतिनिधिबीच चारबुँदे सहमति भएको हो ।

सहमतिसँगै जनयुद्धका घाइते, अपांगको जारी आन्दोलनको कार्यक्रम आजैबाट फिर्ता हुने र थुनामा रहेका युवराज विकलाई आजै रिहा गरिने भएको छ।

त्यस्तै, गम्भीर घाइते र तत्काल उपचार गर्नुपर्ने घाइतेको तत्काल उपचार सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगलाई तत्काल उपचारका लागि पहल गर्ने, अनशन र उपचारका क्रममा भएको खर्च सरकारले व्योहोर्ने, अन्य मागका सम्बनधमा कार्यदल गठन गरी दीर्घकालीन समधानको पहल गर्ने सहमति भएको हो।

प्रकाशित मिति : 17:53