निर्मलाकाे हत्यारा भिआइपीनै भएपनि कारबाही हुन्छः आईजी खनाल(भिडियाेसहित)
९ पुस, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तकाे बलात्कारपछी जसले हत्या गरेकाे भएपनि दोषीलार्इ कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रहरी मुख्यालको अप्रेसन हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदुपयोग गरिरहेको बताए। उनले प्रहरीले हत्यारा पत्ता लगाउन इमान्दार भएर काम गरिरहेकाे बताए ।
महानिरीक्षक खनालले निर्मला हत्याका विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा भएको बताए। ‘ निर्मलाका विषयमा प्रहरीलाई भन्दा धेरै पत्रकारलाई थाहा छ’, उनले भने, ‘यहाँहरू फिल्डमा जानु भएको छ। अनुसन्धानमूलक पत्रकारिता गर्नु भएको छ।’
पत्रकार सम्मेलनमा एआईजीद्वय पुष्कर कार्की र ठूले राई, सिआइबीका प्रमुख डिआईजी निरज शाही, महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीसहितका अधिकारीकाे सहभागी थियो।
प्रकाशित मिति : December 24, 2018 at 4:51 pm







