७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बालुवाटारमा सत्तारूढ दलको बैठकः सरकारको उपलब्धि सर्वजनिक मुख्य एजेण्डा

७ कात्तिक, काठमाडौं । सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता साझेदार दलहरूको बीचमा समिक्षा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।

बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरू हुने भनिएको छ । सरकारको उपलब्धि सर्वजनिक बैठको मुख्य एजेण्डा रहेको छ । बैठकमा सय दिनको समिक्षा २ वर्षको कार्ययोजनाका बारेमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ०९:१२