नुवाकोट बेलकोटगढीका सन्त बहादुरको कुवेतमा दुर्घटनामा मृत्यु
९ पुस,नुवाकाेट । आँफैले चलाएको गाडी अनियन्त्रित भएर ठोकिँदा नुवाकोट बेलकोट गढी नगरपालिका-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको मृत्यु भएको छ।

दुर्घटनामा परि गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल पुर्याइएकाेमा साँझ ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेकाे कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : 14:23









