५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ काचर्तिक, पोखरा । लमजुङका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा पौडेललाई नियुक्त गरेका हुन् ।

पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगनकुमार थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । पौडेलको आजै साढे ४ बजे शपथ हुने तयारी भएको स्रोतले जनाएको छ ।

गण्डकीमा हाल ९ मन्त्रालय छ। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।यसअघि गण्डकीमा ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १३:५२