५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

अन्य दलका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न महासचिव पोखरेलको सुझाव

५ कार्तिक, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिनुभएको छ । सोमबार एमालेका महासचिव पोखरेलले आफ्नो फेसबुकमार्फत फरक पार्टीका नेता र कार्यकर्ताहरूलाई एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न सुझाव दिनुभएको हो ।

पोखरेलले लेख्नुभएको छ-‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि ! एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो र? भन्ने एमालेलाई राम्ररी थाह छन् । ‘त्यही भएर नै नेकपा(एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा समेत केन्द्रित छ । साथै बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

पोखरेलले  कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि एमाले हरदम तयार रहेको पनि उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १०:२६