२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

जनवरीबाट मलेसियाकाे जागिर खुल्ने

९ पुस, काठमाडौँ । सरकारले सन् २०१९ को जनवरीबाट मलेसियाको रोजगारी खुल्ने तयारी गरेको छ । सोमबार संघीय संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश्वर दाहालले नेपाल र मलेसियाबीच छलफल र संवाद जारी रहेको बताउँदै आगामी जनवरीबाट समस्या समाधान हुनेगरी काम भइरहेको बताएका हुन् ।

श्रम मन्त्रालयले २ जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ६ वटा संस्था बन्द गर्ने निर्णय गरेसँगै मलेसिया जाने कामदारको प्रक्रिया रोकिन पुगेको थियो । मलेसिया कामदार पठाउने व्यवसायीहरूले मलेसियाको एक प्राइभेट कम्पनी ‘बेस्टिनेट’मार्फत ‘माइग्राम्स’ र ‘भिएलएन’ को नाममा कामदारमाथि चरम आर्थिक शोषण गरेका थिए ।

भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले तीन वर्षदेखि चलिरहेको उक्त गैरकानूनी धन्दा गत जेठ २ गतेदेखि हटाउने निर्णय गरेका थिए । त्यसपछि नेपाली कामदार मलेसिया जाने बाटो बन्द भएको थियो । मलेसिया ठप्प भएको ६ महिनापछि कात्तिक २ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता पनि भयो ।

तर श्रम सम्झौतामा कामदार आपूर्तिको पुरानो प्रक्रिया बारेमा केही उल्लेख नभएको भन्दै मलेसियन दूतावासले ‘कलिङ भिसा’ आइसकेकालाई पुरानै प्रक्रियाबाट पठाउनुपर्ने भन्दै श्रम मन्त्रालयलाई चिठी लेखेको थियो । तर मन्त्री विष्टले पुरानो प्रकृया मार्फत कामदार पठाउन नसकिने अडान लिएका थिए ।

प्रकाशित मिति : 13:15