कालिकोटका आगलागी पिडीतलाई तत्काल २० हजार राहत दिने कर्णाली सरकारकाे घाेषणा
९ पुस सुर्खेत । कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नं. १ न्यौपानेवाडामा भएको भीषण आगलागी र त्यसवाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रसमेत रहेको उक्त ठाउमा भएको आगलागिको घटनामा ७ जना घाइते भएका छन् भने ४७ घरधुरी पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।

ठूलो मात्रामा पशुचौपाया लगायत नगद तथा जिन्सी सामानको समेत क्षति हुन गएकोप्रति मुख्यमन्त्रीले चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले आगलागिमा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्वन्धित निकायलाई मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् ।
आगलागीको सुचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहातको प्रवन्धका लागि सम्वन्धित निकायलाई मुख्यमन्त्री शाहीले निर्देशन दिएका थिए । मुख्यमन्त्री शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको छ ।
मुख्यमन्त्री शाहीले आगलागी पीडितहरुलाई थप राहात र पुर्नस्थापन सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति : 13:07







