१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

भाग्न लागेका मेलम्चीका ठेकेदार १० दिनपछी काममा फर्किने गरी गए इटाली

९ पुस, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना निर्माणको काम ठप्प पारेर भाग्न खाजेको ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि १० दिनका लागि इटाली गएका छन् । उनीहरुले आयोजना छाड्न लागेको पत्र फिर्ता लिँदै काममा फर्कने जानकारी खानेपानी मन्त्रालयलाई गराएका छन् । सीएमसीका प्रतिनिधि क्रिसमस तथा नयाँ वर्ष मनाउन १० दिनका लागि इटाली गएका हुन् ।

यसअघि मेलम्ची खानेपनी आयोजनाको काम अन्तिम चरणमा अलपत्र पारेर ठेक्का तोड्दै ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधिहरुले इटाली भाग्न खोजेका थिए । भाग्न खोजेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेर खानेपानी मन्त्रालयको जिम्मा लगाएको थियो ।

काम छोडेपछि आफूहरुले सीएमसीको २ अर्ब रुपैयाँ धरौटी रकम रोक्का गर्ने निर्णय गरेको र सीएमसीलाई काममै फर्काउने गरी छलफल भइरहेको जानकारी मन्त्री र सचिवले गराएका थिए । सरकारको धरौटी रोक्का गर्ने निर्णयप्रति सिएमसीका प्रतिनिधि अदालत गएका थिए । अदालतले सरकारको निर्णय खारेज गर्दै आगामी शुक्रबार छलफलका लागि बोलाएको थियो ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १२:३०