१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

‘ज्वाइँ साब’ दोस्रो सातामा, ३ करोड २५ लाख ग्रस कलेक्सन

४ कात्तिक, काठमाडौँ । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

प्रकाशित मिति : October 20, 2024 at 11:44 am