१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

निर्मला पन्तलाई बलात्कार गरेको स्वीकार गर्नेलाई प्रहरीमा जागिर ! किन यस्तो गर्दैछ प्रहरी ?

९ पुस, काठमाडाैँ । निर्मला पन्तलाई बलात्कार गरेको स्वीकार गर्नेलाई प्रहरीमा जागिर मिल्ने भएको छ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन पूरा भैसक्दा समेत अपराधि पत्ता लगाउन नसकेको प्रहरीले विशला चाैधरीलाई बलात्कार कबुल गरे प्रहरीमा जागिर दिने अावश्वासन दिएको हो ।

शनिबारमात्र प्रहरी कष्टडीबाट बाहिरिएका विशाललाई प्रहरीमा जागिर लगाइदिनेदेखि मार्नेसम्मको धम्की दिएर बलात्कार कवुल गर्न दबाब दिएको विशालले बताएका छन । १६ दिनसम्म प्रहरीको कष्टडीमा कष्टपूर्ण दिन गुजारेका विशालले बाहिरिएसँगै अाफूलार्इ मार्ने धम्की दिएर बालात्कार कवुल गर्न लगाएको अारोप लगाएका छन । विशालले दैनिकीसँग कुरा गर्दै अाफूलाई चरम यातना दिएपछि बलात्कार कवुल गर्न बाध्य भएको बताएका छन । उनी मंसिर २० गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : December 24, 2018 at 11:54 am