२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

शालिकराम पुडासैनीकै शैलीमा रविले पक्राउ अघि रेकर्ड गरेको भिडियो बाहिरियो

२ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पक्राउ अघि भिडियो सन्देश रेकर्ड गराएको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो फेसबुक पेज मार्फत उक्त भिडियो सार्वजनिक गरेको छ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्याअघि रवि माथि आरोप लगाएर बनाएको भिडियो सन्देशकै शैलीमा रविले पनि सरकार र कांग्रेसप्रति अनेकौँ आरोप लगाएका छन । सहकारी ठगी र संगठीत अपराधको मुद्दामा अनुसन्धानका लागि प्रहरीले शुक्रबार साँझ रविलाइ पक्राउ गरेको  छ।

रविको भिडियो सन्देश तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार २०:३८