२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

नेप्सेमा २० लाख ४ हजार कित्ता सेयर सूचीकृत

२ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

इन्स्योरेन्सकोले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४ प्रतिशत बोनस सेयर र बाँकी १० प्रतिशत नगद लाभांश (करसहित) रहेको थियो।

सोही ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १७:२०