१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घलाई जनता बैंकको साथ

९ पुस, काठमाडाैँ । जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्टस् अवार्ड’लाई प्रायोजन गर्ने भएको छ ।

सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो । खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी कार्यकारी अधिकृत अजय मिश्रले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । जनता बैंकले सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई रु एक÷एक लाख प्रदान गर्नेछ ।

एनएनआइपिए स्पोर्ट्स अवार्डको १३औँ संस्करण पाटन दरबार स्क्वायर क्षेत्रस्थित ललितपुर सङ्ग्रहालयमा पुस १३ गते हुँदैछ । सो अवसरमा राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक÷एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिनेछ ।

पुरस्कारको राशि जनही रु १० हजार छ । तिनै २९ खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको चयन गरिनेछ । सो अवसरमा एक पाका खेलाडीलाई ‘गजराज जोशी आदर्श खेलाडी अवार्ड तथा एक खेल पत्रकारलाई ‘एनएनआइपिए खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिनेछ ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार ०५:४३