२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

प्रतिपक्षी दलहरूले गठन गरे एजेण्डा बिहीन तीन सदस्यीय संयन्त्र

२ कार्तिक, काठमडौँ । प्रतिपक्षी दलहरूले एजेण्डाबिहीन तीन सदस्यीय संयन्त्र गठन गरेको घोषणा गरेका छन । शुकबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा भएको बैठकले यस्तो घोषणा गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल सदस्य रहेको कार्यदल गठन गरेको हो । बैठकमा सत्तारूढ पार्टीका नेता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएको थियो ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:०८