२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा, आधा दर्जन सांसदसहित रवि पनि सहभागी

२ कात्तिक, काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरू भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरूको बैठक बस्न लागेको हो । सरकारले आजै दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको हल्ला चलिरहेको समयमा प्रतिपक्षी दलहरू एक भएर छलफलमा जुटेका छन ।

बैठकमा सहकारी ठगी प्रकरणको कारबाही पक्रियाका बारेमा पनि छलफल हुने बुझिएको छ । संसदीय समितिको सिफारिसका आधारमा तत्कालीन गोर्खा मिडियो नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउको हल्ला समेत चलिरहेको सन्दर्भमा यीनै विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।

यद्यपी उनीहरूले छलफलको विषय समसमायिक मात्र भएको बताएका छन । प्रतिपक्षी दलकरूको बैठकमा प्रमुख प्रतिपक्षी दलबाट दुइ जनामात्र नेता उपस्थित भए पनि रास्वपाबाट सभापति रवि लामिछानेसहित छ जना सांसद उपस्थित भएका छन ।

dainiki.com

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु साह बैठकमा सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १०:२२