२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

समता घरेलु लघुवित्तलाई एफपीओ जारी गर्न बोर्डबाट अनुमति

१ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि अनुमति पाएको छ । उक्त कम्पनीलाई बोर्डले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो ।

सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउनुपर्नेमा यस कम्पनीको २६.२० प्रतिशत मात्रै भएको कारण उक्त कम्पनीले एफपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ भने एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १०:२४