३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्याे ताेलाकाे?

३० असोज, काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १३ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम गरी हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १९५० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ११:२७