१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

पूर्व लडाकु उपचार माग्दै अनशनमा, कमान्डर छाेरीकाे बिहे गर्न पार्टीको बैठक छाडेर अमेरिकामा

८ पुस, काठमाडौँ । तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका सूत्रधार मानिने जनार्दन शर्मा ञप्रभाकरझ को यतिबेला नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा खोजी भइरहेको छ । पार्टी भित्र उर्जाशील र कुनैबेला उज्यालो मन्त्री भनेर चिनिएका प्रभाकर भने यतिबेला अमेरिकाको न्यूयोर्कमा छोरीको बिबाहका लागि हिन्दू परम्परा अनुसार गर्नुपर्ने कामका लागि लुगा, गहना खरिदसँगै उनी निकट एक पण्डित लिएर भेटघाटमा व्यस्त रहेका छन ।

प्रभाकर पुत्र प्रकाश शर्मा भने दिदीको बिबाह भन्दा पनि घुमघाममा व्यस्त देखिएका छन । आलोचनाको डरले प्रभाकरले छोरीको बिबाह र आफ्नो गतिविधिको अपडेट गराएका छैनन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार भिआईपी कक्षबाट एक साता अघि उनी अमिरका उडेका हुन । नेकपाकाो केन्द्रीय कार्यालयले पनि प्रभाकर अमेरिका उडेको पुष्टि गरेको छ ।

यता उनका बहिनी ज्वाइँ, भाइ बुहारी कसैले पनि जेठी छोरी र भदैको बिबाहलाई बधाई दिएका छैनन् । परिवारिक स्रोतका अनुसार गुपचुप बिबाह भएका कारण कसैलाई जानकारी दिने काम गरिएको छैन । यता उनै कमाण्डमा लडेका पाँचौं डिभिजन कमान्डर हुँदा घाइते छापामारहरु माइतिघरमा सामान्य उपचार माग्दै अनशनमा बसिरहेका उनीहरुलाई स्वास्थ्य अवस्था कमजोर भएको भन्दै प्रहरीले उठाएर वीर अस्पतालमा उपचार गराइरहेको छ ।

ती अनसनरत पूर्व लडाकूहरुलाई भेट्न गएका एक शुभचिन्तकसँग ‘हाम्रा कमान्डर प्रभाकरजी छोरीको बिबाहमा छोरासहित अमेरिका जानु भएको छ रे !’ झ भनेर सुनाएपछि प्रभाकर अमेरिका रहेको विषय सार्वजनिक भएको हो । प्रभाकरकी छोरी दुई वर्षअघि अध्ययनको शिलशिलामा अमेरिका गएकी थिइन ।

अर्का स्थायी किमिटी सदस्य देवेन्द्र पौडेल पनि सपरिवार अमेरिका भ्रमणमै रहेका छन । उनले आफ्नो फेसबुक मार्फत गतिविधि सार्वजनिक पनि गरिरहेका छन । उनी छोरीको दिक्षान्त समारोहमा सहभागी हुन अमेरिका पुगेका हुन ।

यसैगरी वनमन्त्री शक्ति बस्नेतको छोरी पनि अमेरिकामै अध्ययनरत छिन । विभिन्न कार्यक्रमको मौकापारी आमा सत्या पहाडी छोरी भेट्न तीन पटकसम्म अम्रिका पुगीसकेकी छिन । यता बुर्जुवा शिक्षा भनेर आम कार्यकर्तालार्इ पढ्न नदिएर बन्दुक बोक्न लगाएका लडाकुहरू भने आफ्नो पूर्व कामन्डरको फेरिको जीवनशैलीलार्इ लिएर आनन्दित छन ।

प्रकाशित मिति : December 23, 2018 at 4:42 pm