१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

संघीय सरकारलाई मेयर साम्पाङको चिठी: लौन सरकार खत्रा लाग्नु पर्‍यो!

२२ असोज, काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेखेर फोहोर व्यवस्थापन गर्ने स्थल बनाउन बजेटको माग गर्नुभएको छ ।

उहाँले सोमबार आफ्नै वयमा पत्र लेखेर संघीय सरकारलाई खत्रा लाग्नु पर्‍यो भन्नुभएको हो ।

 उहाँले पत्रमा उल्लेख गर्नुभएको छ- ‘धरानको फोहोर मैला व्यवस्थापनको लागि व्यवस्थित स्यानिटरी ल्यान्डफिल साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो । ‘फोहोर जंगलमा फाल्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ। फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ। बर्सेनि सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर विजोग हुन्छ। तार घेरा लाउन ला’को वनका मान्छेहरू आएर डोजरले भत्काइदिए ।’

उहाँले उक्त विषयमा पत्र पठाएको पनि अल्झाएर राखिएको बताउनुभएको छ ।

उहाँले खानेपानी मन्त्रालयलाई सम्बोधन गर्दै पत्रमा थप उल्लेख गर्नुभएको छ-‘अध्ययन गर्ने भन्छन्, कति लामो अध्ययन हो? कति वर्षे कोर्ष हो? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानूनलाई प्रक्रियामाथि प्रक्रियामाथि प्रक्रिया, अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्‍यो ।

यस्तै उहाँले खानेपानीको समस्या समाधानका लागि पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : October 8, 2024 at 11:09 am