२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

८ पुस, काठमाडाैँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।  सिन्धुपाल्चाेकनै केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । आइतबार बिहान ५ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडाैँ उपत्यकाको केही भागमा पनि महशुस गरिएको थियो । यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : 07:58