१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

दाङ दुर्घटनाका घाइते भेट्न शिक्षामन्त्री पोखरेलअस्पतालमा, सिटिइभिटीले शोक मनाउने 

७  पुस, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ उपचाररत दाङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । सो अवसरमा मन्त्री पोखरेलले घाइतेको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नुभएको थियो ।

सिटिइभिटीले शोक मनाउने
यसैबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले दाङ स्कूल बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक दिन शोक मनाउने निर्णय गरेको छ । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले आइतबार परिषद्का आंगिक, साझेदारी, प्रााविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय तथा निजी शिक्षालयमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो ।

दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निक इन्स्टिच्यूटका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति : December 22, 2018 at 9:49 pm