घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार?
२१ असोज, काठमाडौँ । साताको दोस्रो बारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु तोलामा पाँच सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : October 7, 2024 at 11:27 am









