२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एल.सी. इनर्जीले आइपीओ निष्कासन गर्ने

२० असोज, काठमाडौँ । एल.सी. इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि कम्पनीले साधारण सभा बोलाएको छ ।

कात्तिक १२ गते कम्पनीले वार्षिका साधारण सभा गर्ने भएको हो । साधारण सभा कम्पनीको रजिष्टार्ड कार्यालय, बुद्धनगर, काठमाडौँमा हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित हुनेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १३:२४