२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते, सात महिना मैदान बाहिर रहने

७ पुस, काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । काठमाडाैँमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १६:३३